मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ढिलो खाने खाने व्यक्तिमा हुन सक्छ हृदयाघातको जोखिम, कुन समयमा खानु उपयुक्त?

जोयनेपाल
689
Shares
प्रतिकात्मक तस्वीर ।

काठमाडौं– एक शोधका अनुसार यदि तपाईंले खानामा ख्याल गर्नुहुन्न या रातिमा धेरै अबेर खाना खाने बानी छ भने यसलाई तपाईंलाई गम्भीर समस्या निम्त्याउन सक्छ ।

अध्ययनका अनुसार हदयरोगका खतराबाट बच्नका लागि पहिले खानामा ख्याल गर्नुपर्छ । शोधकर्ताहरुले बिहानको खाना ८ बजेसम्म र बेलुकाको खाना पनि ८ बजेभित्र खानुपर्ने सुझाव दिएका छन् ।

ग्लोबल बर्डन अफ डिजिजको अध्ययन अनुसार हृदयसम्बन्धी रोग संसारमै सबैभन्दा धेरै मृत्युको कारण बनेको छ । सन् २०१९ मा एक करोडभन्दा बढी मानिसहरु वर्षमा हृदय रोगकै कारणले ज्यान गुमाएका छन् । त्यसमा पनि सात प्रतिशत व्यक्ति खानामा लापरवाहीका कारण ज्यान गुमाएका छन् ।

फ्रान्सेली शोध संस्था आईएनआरएई नेशनल रिसर्ज इन्स्टिच्युट फर एग्रिकल्चर फुड एण्ड इन्भारमेन्टको एक अध्ययनका अनुसार बिहानको पहिलो भोजन ढिला गर्नेमा हृदयरोगको समस्या धेरै देखिएको छ ।

उदाहरणका लागि यदि कोही व्यक्तिले बिहान ९ बजे खाना खान्छ भने त्यसको तुलनामा ८ बजे खाना खाने व्यक्तिलाई हृदयरोगको समस्या केही कम हुन्छ ।

रातको समयमा पनि ८ बजे पहिले खाना खाने व्यक्तिको तुलनामा राति ९ बजेपछि खाना खाने व्यक्तिमा हृदयाघातको समस्या अझ बढी हुन्छ ।

वैज्ञानिकहरुले बिहान समयमा खाजा खान र राति पनि समयमा नै खाना खान सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?