मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म खेल्दै दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति !

दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति नेपाली फिल्ममा देखिने सक्ने चर्चा सुरु भएको छ । नेपाली अभिनेता बिराज भट्टसँगको उनको बिहीबार सार्वजनिक एक तस्बिरले यस्तो सङ्केत दिएको हो ।

आफ्नो डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पछि सुस्ताएका बिराजले केही समयअघि ‘बाह्र गाउँ’ नामक चलचित्रको घोषणा गरेका छन् । चलचित्रको उनीसँगै अन्य कलाकार को होलान् भन्ने चासो भइरहँदा बिराजले विजयसंग खिचेको तस्बिर सार्वजनिक भएको हो ।

जसलाई सहकार्यको तयारी हुन लागेको चर्चा गरिदा यस विषयमा बिराजले केही बोलेका छैनन् । उनले आफूले फोटो सार्वजनिक नगरी निकटका पत्रकार दिनेश सिटौलालाई सार्वजनिक गर्न लगाएका छन् ।

सार्वजनिक तस्बिरमा विजय र बिराज निकै खुसी देखिएका छन् । विजय पछिल्लो पटक एक वेब सिरिजको छायाङ्कनका लागि नेपाल पनि आएका थिए ।
दक्षिण भारतीय तथा बलिउड चलचित्रमा राम्रो छवि भएका विजय ‘जवान’मा शाहरूख खानको अपोजिट चरित्रपछि अझ चर्चामा छन् ।

यता नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेका बिराज भोजपुरी चलचित्रमा समेत सुपरस्टार हुन । उनले भोजपुरी चलचित्रमा बनाएको सुपरस्टारको छविले पनि दक्षिण भारतीय स्टार उनको चलचित्रमा काम गर्न इच्छुक भएको हुनसक्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?