मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत उद्योगमा कहिल्यै नफर्किने अमेरिकी पप स्टार ब्रिटनीको घोषणा

काठमाडाैँ – अमेरिकी पप स्टार ब्रिटनी स्पीयर्सले अब कहिल्यै पनि सङ्गीत उद्योगमा नफर्कने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा आफू नयाँ एल्बमको तयारी गरिरहेको भन्ने समाचारको खण्डन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । 

बुधवार बिहान पेज सिक्सले “ब्रिटनीले सम्भावित रूपले एक गीत रेकर्डका लागि चाली एक्ससीएक्स र गीतकार जूलिया माइकल्ससँग सहकार्य गरिरहेको” भनी समाचार प्रकाशन गरेको थियो ।

यता वेराइटीले भने स्पीयर्सले हालसम्म कुनै पनि सामाग्री रेकर्ड नगराएको दाबी गरेको थियो । उसले सहकार्यको योजनाले बिस्तारै आकारको रूप लिइरहेकाले गीत तत्काल रेकर्ड हुने सम्भावना नरहेको जनाएको थियो ।

तर स्पीयर्सले आधिकारिक इन्स्टाग्राम हेण्डलमार्फतमा लेखेकी छिन  “उनीहरू भन्छन् कि म नयाँ एल्बम निर्माण गर्ने काममा अगाडि बढेकी छु । म सङ्गीत उद्योगमा कहिल्यै फर्किन्नँ ।”

उनी थप्छिन, “जब म लेख्छु, त्यो केवल मनोरञ्जनका लागि मात्र हुन्छ वा अन्य व्यक्तिका लागि लेख्छु । तपाईंहरुमध्ये जतिले मेरो पुस्तक पढ्नुभयो, उनीहरूका लागि यस्ता धेरै कुरा छन्, जो तपाईँहरू मेरो बारेमा थाहा पाउनुहुन्न । मैले पछिल्लो २० वर्षमा अन्य व्यक्तिका लागि करिब २० भन्दा बढी गीत लेखेकी छु ।”

स्पीयर्सले आफूलाई ‘घोस्ट राइटर’ भनेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?