नरिवलको तेलका बारेमा त धेरैलाई जानकारी नै छ । यो तेल धेरै पहिलेदेखि नै अधिकांशको घरमा हुँदै आएको छ ।
खानकै लागि प्रयोग गर्ने आम प्रचलन नेपालमा कमै भए पनि कपालमा, अनुहारमा, हातखुट्टामा नरिवलको तेल लगाइने गरिन्छ ।
नरिवलको तेललाई विशुद्ध प्राकृतिक तेलको रूपमा चिनिन्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने नरिवल तेलले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुटकारा पाउन समेत मद्दत गर्दछ ।
यस्ता छन् नरिवलको तेलका फाइदाहरू :
–नरिवलको तेलमा ‘फ्री रैडिकल्स’ पाइन्छ जसले अनुहारलाई नरम बनाउँछ । यस कारण नियमित रूपमा नरिवल तेल लगाउनाले घामको असरबाट छालालाई जोगाउन सकिन्छ ।
–हाम्रो अनुहारमा डन्डिफोरका कारण कालो दागहरू देखिन्छन्। ती कालो दागलाई सफा गर्न राती सुत्ने बेलामा थोरै नरिवल पानीको प्रयोग गर्नाले कालो दागलाई हटाउन सकिन्छ
– नरिवलको तेलले मुटुको रोग र उच्च रक्तचापको समस्या निर्मूल गराउँछ ।
– नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा पनि उपयोगी मानिन्छ ।
– नरिवलको तेलमा लौरिक एसिड पाइन्छ । जुन एसिडले शरीरमा भएका ब्याक्टेरिया,भाइरस लाई मार्छ ।
–नरिवलको तेलले कलेजो तथा मिर्गौलालाई स्वस्थ बनाउँछ ।
–कपालमा नरिवलको तेल लगाउनाले प्रोटिनको कमी कम हुन्छ र कपाल सुन्दर,सील्की र मुलायम बनाउँछ ।
– नरिवलको तेललाई एक औषधिको रूपमा प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा स्वास्थ्यको लागी धेरै लाभदायी हुन्छ ।
– नरिवलको तेलको प्रयोगले आँखाको दृष्टि राम्रो हुन्छ ।
– नरिवलको तेलले प्रजनन दर बढाउन सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया