मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुणकारी नरिवलको तेल,नाइटोमा लगाउँदा यति धेरै फाइदा


नरिवलको तेलका बारेमा त धेरैलाई जानकारी नै छ । यो तेल धेरै पहिलेदेखि नै  अधिकांशको घरमा हुँदै आएको छ ।

खानकै लागि प्रयोग गर्ने आम प्रचलन नेपालमा कमै भए पनि कपालमा, अनुहारमा, हातखुट्टामा नरिवलको तेल लगाइने गरिन्छ ।

नरिवलको तेललाई विशुद्ध प्राकृतिक तेलको रूपमा चिनिन्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने  नरिवल तेलले  धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुटकारा पाउन समेत मद्दत गर्दछ । 

यस्ता छन् नरिवलको तेलका फाइदाहरू :
–नरिवलको तेलमा ‘फ्री रैडिकल्स’ पाइन्छ जसले अनुहारलाई नरम बनाउँछ । यस कारण नियमित रूपमा नरिवल तेल लगाउनाले घामको असरबाट छालालाई जोगाउन सकिन्छ ।

–हाम्रो अनुहारमा डन्डिफोरका कारण कालो दागहरू देखिन्छन्। ती कालो दागलाई सफा गर्न राती सुत्ने बेलामा थोरै नरिवल पानीको प्रयोग गर्नाले कालो दागलाई हटाउन सकिन्छ 

– नरिवलको तेलले मुटुको रोग र उच्च रक्तचापको समस्या निर्मूल गराउँछ ।

– नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा पनि उपयोगी मानिन्छ ।

– नरिवलको तेलमा लौरिक एसिड पाइन्छ । जुन एसिडले शरीरमा भएका  ब्याक्टेरिया,भाइरस लाई मार्छ ।

–नरिवलको तेलले कलेजो तथा मिर्गौलालाई स्वस्थ बनाउँछ ।

–कपालमा नरिवलको तेल लगाउनाले प्रोटिनको कमी कम हुन्छ र कपाल सुन्दर,सील्की र मुलायम बनाउँछ ।

– नरिवलको तेललाई एक औषधिको रूपमा प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा स्वास्थ्यको लागी धेरै लाभदायी हुन्छ ।

– नरिवलको तेलको प्रयोगले आँखाको दृष्टि राम्रो हुन्छ । 

– नरिवलको तेलले प्रजनन दर बढाउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?