मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी कमाउने युट्युब सर्टबाट पैसा ?

युट्युब अहिले युगमा निकै प्रसिद्ध साइट बनेको छ । यही युट्युब धेरैको कमाई को स्रोत पनि बनेको छ ।

नेपालमै पनि युट्युबबाट कमाई गर्नेको सङ्ख्या ठूलो छ । त्यसमाथि छोटो भिडियो हेर्ने ट्रेण्डकै कारण युट्युब सर्ट कमाई को राम्रो आधार बनिरहेको छ । यो सुन्दा तपाईंलाई पनि यसबाट कमाउने इच्छा जागेको होला ।

तर कसरी कमाउने भन्ने विषयमा अनविज्ञ हुनुहुन्छ भने, यो सानो जानकारी निकै उपयोगी हुनसक्छ ।

यहाँ हामी तपाईँलाई युट्युब सर्ट बाट कमाउने गर्ने तरिका सिकाउँदै छौँ । 

– युट्युब सर्ट बनाउनका लागि ६० सेकेन्ड भन्दा कमको भिडियो हुनुपर्छ 

– मनिटाईज हुन १००० सब्सक्राइबर हुनुपर्छ 

– ९० दिनमा सटै भिडियोका भ्यूज १ करोड कटेको हुनुपर्छ 

यी सबै कुरा युट्युब नीतिभित्र रहेर पुरा भएको छ भने तपाईँ युट्युब पार्टनर बन्न योग्य हुनुहुन्छ । त्यसपछि तपाईँले युट्युब पार्टनर प्रोग्राममा आवेदन दिन सक्नुहुन्छ ।

आवेदन दिँदा च्यानल लोकेसनमा युट्युब पार्टनर प्रोग्राम हुने उपयुक्त देश छान्नुपर्ने हुन्छ । त्यसपछि विज्ञापन आएर मनिटाइज भएको भिडिओबाट कमाउन युट्युब च्यानललाई एडसेन्स अकाउन्टसँग कनेक्ट गराउनुपर्छ  ।

यहीबाट आउने पैसा नै तपाईँको कमाई हो । तर सर्टमा भने युट्युबबाट मात्रै नभई कुनै प्रडक्टको विज्ञापन भिडियो बनाएर पनि आम्दानी गर्न सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?