काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलर हेमन्त धामी परेका छैनन् ।
उनको स्थानमा दुर्गेश गुप्ताले मौका पाएका छन् । धामी पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेल क्रममा घाइते भएका थिए ।
दक्षिण अफ्रिकामा यसै महिना हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड छन् ।
नेपालले जनवरी २१ मा न्युजिल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको शुरू गर्नेछ।
यस्ताे छ नेपाली टाेली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशाल विक्रम केसी,गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, दिपकप्रसाद डुम्रे, सुभाष भण्डारी, दिपक बोहरा, विपिन रावल, उत्तम रंगु थापा, तिलकराज भण्डारी, दिपक बोहरा र आकाश चन्द।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया