काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
विस्तृतमा हेर्नुहाेस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया