मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुलुकभरको तापक्रम घट्दो,केही प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसैको प्रभाव आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ ।

बाँकी भेगको मौसम भने सामान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ । महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

तराईका जिल्लामा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । केही दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर आज न्यूनतम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

जुम्लाको तापक्रम माइनस ६ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको छ ।

मुलुकभरको तापक्रम दिनहुँ घट्दो क्रममा रहेकाले चिसोबाट जोगिन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?