मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी ५ खानेकुरा र बानी आजै त्याग्नुहाेस,नत्र भइएला  मोटोपनाको सिकार

मोटोपना अहिले धेरैको समस्या बनिरहेको छ । असन्तुलित भोजन र व्यस्त जीवनशैली यसको मुख्य कारण हो ।

खानपिनमा ध्यान नदिने,बजारमा पाइने मसलादार चिल्लो पदार्थ बढी भएका खानेकुराहरू धेरै खानाले पनि मानिसहरूमा मोटोपनाको समस्या भइरहेको छ ।

यस कारण अहिले धेरै मानिसहरू विभिन्न रोगको सिकार भइरहेका छन् । उच्च क्यालोरी भएका खानेकुरा खाने तर व्यायाम गर्न अल्छी गर्दा पनि मोटोपनाको सिकार भइने चिकित्सकहरू बताउँछन् ।

यस कारण मोटोपन बाट बच्नको लागी मुख्यतया हामीले हाम्रो खानपानमै जोड दिनुपर्ने हुन्छ । 

मोटोपनाको सिकार बनाउने  १० खानेकुरा :

– तेलमा तारेका खानेकुराहरू

तेलमा तारेका चिल्ला खानेकुराहरूमा फ्याट र क्यालोरीको मात्रा धेरै हुन्छ । यस कारण यस्ता खानेकुराहरू खाँदा छिटो तौल बढ्छ । 

– गुलिया खानेकुरा 

प्राय सबै जनालाई गुलियो खानेकुरा निकै मन पर्छ । गुलिया खानेकुरा देख्दा धेरैले मन थाम्न सक्दैनन् । यी सबै वस्तुमा एडेड सुगर, सोडियम र प्रिजर्भेटिभ्स र क्यालोरी धेरै पाइन्छ । यस कारण यस्ता खानेकुरा लगातार खाइरहँदा पनि मोटोपना बढ्छ ।

–कफीको सेवन 

धेरैजसो कफी ड्रिङ्क्समा चिनी, क्रिम र हाई फ्याट मिल्क मिसाइएको हुन्छ । जसका कारण कफीको क्यालोरीको मात्रा ह्वात्तै बढ्छ । यसर्थ यी ड्रिङ्क्सको सेवनले पनि तौल छिटो बढ्छ ।

–स्न्याक्स सेवन 

प्याकेटमा आउने स्न्याक्सको अधिक सेवनले पनि मोटोपना बढाउँछ । चिप्स,कुकीज लगायत प्याकेटमा आउने खानेकुरामा कार्बोहाइड्रेट्स, अ.ख.ची – (अती खराब चील्लो पदार्थ ) र एडेड सुगरको प्रयोग गरिएको हुन्छ । क्यालोरी पनि निकै बढी हुन्छ । यस कारण यस्ता खानेकुराहरुले पनि तौल बढाउँछन् ।

–खाना खाने बित्तीकै सुत्ने बानी 

खाना खाने बित्तीकै सुत्ने बानीले पनि मोटोपनालाई बढवा दिन्छ । खाना खाएपछि शरीरमा कफको मात्रा बढ्ने हुनाले खाने बित्तीकै सुत्नाले पनि मोटोपना बढाउँछ । यस कारण खाना खाएको आधा —एक घण्टापछि मात्रै सुत्नुपर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?