मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै पर्यटनमन्त्री किराँतीविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं – संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंमा जाहेरी परेको छ ।

धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत जाहेरी पठाएका हुन् ।

मन्त्री किरातीले पुस ४ गते एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने” भनी भाषण गरेको र क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको र जाहेरीमा दाबी गरिएको छ ।

लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिता २०७४ को दफा १५६ को उपदफा १ को कसूरमा ऐनकको दफा १५६ को उपदफा २ बमोजिम ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?