मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकारले पेट्रोल पम्पमा अनिवार्य चार्जिङ स्टेशन राख्ने

काठमाडौं – नेपालमा विद्युतीय गाडीको चार्जिङ स्टेसन नभएर यात्राको क्रममा समस्या हुन थालेपछि सरकारले पेट्रोल पम्पमा अनिवार्य चार्जिङ स्टेशन राख्ने कार्यविधि ल्याउने भएको छ ।

सरकारले समस्या समाधान गर्न सरकारले नयाँ पेट्रोल पम्पको लाइसेन्स दिँदा र नमुना पम्प निर्माण गर्दा अनिवार्य चार्जिङ स्टेसन राख्नुपर्ने गरी काम अगाडि बढाएको हो ।

नेपालमा अहिले नयाँ पेट्रोल पम्पको लाइसेन्स खुलेको छैन । स्मार्ट अर्थात् नमुना पेट्रोल पम्प बनाउन भने नेपाल आयल निगमले अनुमति दिँदै आएको छ । अब ती सबै पम्पमा अनिवार्य चार्जिङ स्टेसन बनाउनुपर्ने भएको छ । अहिले सञ्चालनमा रहेका पम्पको नवीकरण गर्दा पनि सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नुपर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजनामार्फत नयाँ र नमुना पेट्रोल पम्पमा अनिवार्य चार्जिङ स्टेसन राख्नुपर्ने व्यवस्था गर्न लागेको हो । उक्त कार्ययोजनामा पुराना पम्पलाई पनि नवीकरणको बेला सम्भव भएसम्म चार्जिङ स्टेसन राख्न लगाउने व्यवस्था रहेको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त कार्ययोजना कार्यान्वयनमा आउनेछ ।

नेपालमा सानाठूला गरेर करिब १० हजार विद्युतीय गाडी छन् । निजी क्षेत्रले बनाएको ८०, नेपाल विद्युत प्राधिकरणले बनाएको ५१ र सिंहदरबारभित्र ५ गरी १३६ वटामात्रै चार्जिङ स्टेसन रहेका छन् । प्राधिकरणले १४ वटा थप चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?