मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन आवश्यक छ रेशादार खाना ?

काठमाडौं – धेरैजसो बालबालिकाहरु रेशादार खानेकुरा मन पराउँदैनन् । गेडागुडीको तरकारी पकाएको दिन उनीहरु भान्सामा पस्नै नपरे पनि हुन्थ्यो भन्ने सोच्दछन् । यसको ठिक विपरित, उनीहरुलाई यदि तपाईंले जंक फूड अथवा फास्टफुड अफर गर्नु भयो भने त्यसका लागि उनीहरु तुरुन्तै तयार हुन्छन् ।

दुःख लाग्दो कुरा के छ भने बालबालिकाको मोटोपन तथा कब्जियतको कारण नै जंक फूड हो भन्ने कुरा हामीले उनीहरुलाई बुझाउन सकिरहेका हुँदैन, जुन कुरा बुझाउन अति नै अनिवार्य छ ।

रेशादार खानेकुराका फाइदाहरु प्रसस्त छन् । रेशादार खाना खाँदा हाम्रो पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ । त्यसैले बालबालिकाहरुको खानामा रेशादार खानेकुरालाई समावेश गर्नैपर्छ । यस्ता खानेकुराले उनीहरुको मोटोपनालाई नियन्त्रण गर्न समेत सहज हुन्छ ।

हामीले प्रत्येक दिन खाने खानामा रेशायुक्त खानेकुरा समावेश छैन भने त्यसले बढ्दो उमेरका बालबालिकाको शारीरिक विकासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । रेशादार खानेकुरामा क्यालोरी, भिटामिन, खनिज जस्ता तत्व नभए पनि यो बालबालिकादेखि वयष्कसम्मलाई उत्तिकै उपयोगी छ ।

रेशादार खानेकुराले हाम्रो पाचन प्रकृयालाई पनि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । त्यति मात्र होइन, रेशादार खानाले हाम्रो शरीरको ब्लड सुगरको लेभललाई पनि स्थिर बनाइराख्छ । रगतमा हुने ग्लूकोजको मात्रालाई यसले नियन्त्रण गर्ने खुबी राख्दछ ।

रेशादार खानेकुराबाट शरीरले आवश्यक पोषण प्राप्त गर्दछ, जसबाट शरीरलाई इनर्जी पनि प्रँप्त हुन्छ । यो खानेकुराले कोलेस्ट्रोललाई समेत नियन्त्रण गर्दछ । जसका कारण हाम्रो मुटु सुरक्षित हुन्छ । मुटु सम्बन्धि रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

चिकित्सकहरुका अनुसार रेशादार खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख-बिरुवामा पाइन्छ । स्वास्थ सम्बन्धि अध्ययनहरुका अनुसार रेशादार खानाले मधुमेयलाई समेत कम गर्न सहयोग पुर्‍याउँछ । रेशादार खानाको नियमित सेवनले क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?