मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अबको दुई साताभित्र मेलम्चीको पानी काठमाडौं ल्याइने

काठमाडौं – सरकारले माघे संक्रान्तिसम्म मेलम्चीको पानी काठमाडौं उपत्यकाका उपभोक्ताको धारामा खसाल्ने योजना बनाएको छ। मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।

अबको दुई साताभित्र मेलम्ची आयोजनाको काम सम्पन्न गरेर काठमाडौंमा पानी खसालिने मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । आयोजनाको मुख्यस्थलमा भइरहेको कामका बारेमा स्थलगत निरीक्षण गर्न मन्त्रालयका सचिव आचार्यसहितको सरकारी टोली सिन्धुपाल्चोक पुगेको हो ।

साढे महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी सरकारको छ । दुई वर्षअघिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाउने काम भइरहेको छ । यतिबेला रातदिन कर्मचारीहरु काममा खटिएका छन् ।

सचिव आचार्यले ७० प्रतिशत काम सकिएको र अब दुई साताभित्र बाँकी काम सम्पन्न गरेर काठमाडौंका उपभोक्ताको धारामा पानी आउने दावी गरे । अहिले एकदमै गाह्रो काम भइरहेको छ, मेसिनबाट काम गर्न सकिने अवस्था छैन । टनेलमा दुई जनाभन्दा बढि मान्छे जान मिल्दैन, त्यसैले बालुवा र माटो निकाल्न हामी दिनरात गरेर कामदार खटाएका छौं, सचिव आचार्यले भने ।

अस्थायी रुपमा काठमाडौंमा मेलम्चीको पानी आइरहेका बेला गत साउनको बाढीले हेड वर्क्सको संरचनामा ठूलो क्षति पुर्याएको थियो । करिव २० मिटर अग्लो गेग्रानले हेडवर्क्सको संरचना बिगारेको थियो । अहिले उक्त गेग्रान हटाउने काम अन्तिम चरणमा छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आयोजनाको मुहानस्थलमा भइरहेको काम अबको दश दिनमा सम्पन्न हुने बताए । दुई साता अघि खानेपानी मन्त्री महेन्द्र यादव पनि आयोजना स्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?