मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापान पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – प्रहरीले जापान पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जापान पठाइदिन्छु भन्दै ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?