मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म बेहुली फ्रेम मेघौलीको मुख्य कलाकारमा निश्चल र स्वस्तिमा

काठमाडौं – फिल्म ‘बेहुली फ्रेम मेघौली’ को आगामी चैतबाट छायांकन हुने भएको छ । फिल्म ‘दिमाग खराब’का लेखक आकाश बरालले निर्देशन गर्न लागेको डेब्यू फिल्मको नाम ‘बेहुली फ्रेम मेघौली’ राखिएको हाे ।

हाल लोकेशन हेर्ने काम भइरहेको फिल्म निर्माणपक्षले जनाएकाे छ । मेघौली चितवनको चर्चित पर्यटकिय स्थल मानिन्छ । यो फिल्मको कथा बरालले नै लेखेका हुन् । उनले साजन काफ्लेसँग लेखनमा सहकार्य गरेका छन् ।

रोमान्टिक कथामा तयार हुने फिल्मका लागि मुख्य कलाकारमा निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फाइनल भइसकेका छन् । अन्य कलाकारहरूको जानकारी केही समयपछि दिने निर्माणपक्षले बताएको छ ।

निश्चल र स्वस्तिमाले फिल्म ‘घामड शेरे र दिमाग खराब’मा एकसाथ काम गरेका थिए । यो बर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निश्चलले अर्को फिल्म पनि निर्देशन गर्ने तयारी गरेका छन् । यसअघि उनले आकाशको फिल्ममा काम गर्न लागेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?