मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षौदेखि प्रेममा रहेका सविन र अनु विवाहको तयारीमा

काठमाडौं । कलाकार सविन श्रेष्ठ र अनु शाहले विवाह गर्ने भएका छन्। यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा छ । उनीहरुले आफ्नो प्रेम सामाजिक सञ्जाल होस् या सार्वजनिक थलो खुलेरै अभिव्यक्त गरिरहेका हुन्छन् ।

यी दुईले बनाउने भ्लगलाई पनि दर्शकहरूले निकै रुचाउने गरेका छन् । वर्षौदेखि प्रेममा रहेका कारण मिडियामा प्रस्तुत हुँदा होस् वा भ्लगमा आएका प्रतिक्रियाहरू हेर्दा होस् उनीहरूलाई एउटा प्रश्न छुट्दैन । त्यो हो – विवाह कहिले गर्ने ? अब भने यो जोडी विवाहको तयारीमा जुटेको छ ।

हालसालै एक म्युजिक भिडियो सुटिङका क्रममा मिडियाकर्मीसँग कुरा गर्दै अनुले उक्त कुरा बताएकी हुन् । ‘हामी २०२४ मा पक्का विवाह गर्छौ । दुई मन मिलेपछि विवाह जहिले जुर्छ, त्यतिबेला गर्दा हुन्छ जस्तो लाग्छ । यद्यपि, हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर एकअर्कालाई वाचा गरेका छौँ’ उनले भनिन्, ‘काम व्यस्तताले गर्दा विवाहको योजना बन्न सकेको थिएन । विवाहको मिति तय त भइसकेको छैन तर हामी यसवर्ष विवाह गर्छौं ।’

एक दशकअगाडि होलीको फोटोसुटको क्रममा सविन र अनुबीच भेटघाट भएको थियो । यसपछि मित्रता हुँदै उनीहरूको सम्बन्ध प्रेममा रुपान्तरण भएको थियो । यो जोडीले एकसाथ ‘लक्ष्य’ र ‘आधी बाटो’लगायतका फिल्ममा अभिनय गरेका छन् ।

कामको कुरा गर्दा केही म्युजिक भिडियोमा पनि उनीहरूले सहकार्य गरेका छन् । अहिले सविन एक फिल्म घोषणाको तयारीमा छन् भने अनु म्युजिक भिडियोमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?