मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नासाकाे विशेष प्लेलिस्ट ‘मुन ट्युन्स’ तयार, बीटीएसका तीन गीत छनाेट

काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले सन् २०२४ को ‘मुन मिसन’का लागि के-पप ब्याण्ड बीटीएसका तीन गीत छनोट गरेको छ ।

समाचार एजेन्सी बीबीसीका अनुसार तीन गीतमा आरएमको सोलो गीत ‘मुन चाइल्ड’ पनि छनाेट भएकाे छ । जसको गीत चन्द्रमामा प्रक्षेपण गरिने यानमा बजाइनेछ । यसरी गीत बजाइने उनी के–पपका एक्ला गायक बनेका छन् ।

नासाले उक्त गीतलाई अन्तरिक्षमा चन्द्रमा मिसनको क्रममा बजाउनेछ । नासाले एपोलो ११ को ५० औं वर्षगाँठमा आगामी मुन मिसन थाल्दैछ ।

यो प्ले–लिस्टमा बीटीएसको अर्को हिट गीत ‘मिक्रोकसमस’ र ‘१३४३४०’ पनि सामेल छन् । आफ्नो चन्द्रमा मिसनको तयारीमा रहेको नासाले लामो यात्रामा बजाउने विशेष प्लेलिस्ट ‘मुन ट्युन्स’ तयार गरेको छ ।

गायक आरएम र बीटीएससँग नासा जोडिने खबर पाएपछि फ्यानले यो लोकप्रिय दक्षिण कोरियाली ब्याण्डलाई बधाई दिएका छन् । उनीहरुले आफूलाई ब्याण्डप्रति गर्व रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?