मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

हामीले मुख बार्न सक्यौँ भने नब्बे प्रतिशत रोग लाग्दैन

काठमाडौँ– अहिलेको व्यस्त र भीडभाड दैनिकीले आम मानिसको जीवनशैली बदलिएको छ ।

मानिससँग फुर्सद छैन । समय मिलाउन नसक्दा कतिपयले आफ्नो स्वास्थ्यको ख्याल गरेको पनि पाइँदैन ।

कहिलेकाहीँ भने यात्राका क्रममा होस् या अन्य समयमा होस्, मुख गन्हाउने, दाँत कीराले खाने आदि समस्याले गर्दा हैरानी भोग्नुपर्ने अवस्था पनि सिर्जना हुन्छ । कतिपयले त अझ यस्तो समस्यालाई एकदमै सामान्य रुपमा लिएको पनि पाइन्छ ।

कतिपय मानिसको बुझाइ छ– बिहान उठ्नेबित्तिकै दाँत माझ्न हुँदैन ।

दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरे भने यो कुरा सही नभएको बताउँछन् । उनका अनुसार कतिपयको बुझाइमा बिहान उठेर दाँत हल्लिने, गिँजा सुन्निने समस्या हुन्छ भन्ने भ्रम छ । तर, त्यो गलत हो ।

‘बिहान उठ्नासाथ दाँत माझ्नु राम्रो हो, बरु नमाझ्दा रातभर मुखमा जम्मा भएका ब्याक्टेरियाहरु खानासँगै खाइन्छ, यसले झन् पेटको रोग लाग्ने समस्या हुन्छ,’ डा. घिमिरे भन्छन् ।

गाउँघरमा अझै पनि बिहान दाँत माझ्दा दाँत हल्लिने र गिँजा सुन्निने समस्या आउने भन्दै दाँत नमाझ्ने गरेको पाइन्छ । तर, यसो गर्दा पेटसम्बन्धी रोग लाग्न सक्ने डा. घिमिरे बताउँछन् ।

‘हामीले खाना खाएपछि अनिवार्य रुपमा दाँत माझ्नुपर्छ,’ उनी भन्छन् ।

उनका अनुसार हामीले खाना खाँदा खानाका स–साना टुक्रा दाँतका कुनाकाप्चामा अड्किएका हुन्छन् । बिस्तारै ती कुहिन थाल्छन् । त्यसले मुख गन्हाउने र पेटसम्बन्धी रोग लाग्ने सम्भावना पनि हुन्छ ।

‘दाँत माझ्दा हाम्रो मुखको फोहोर हट्छ र मुख पनि सफा रहन्छ,’ उनी भन्छन् ।

रातको समयमा खाना खाएर हामी सुत्दा पानी पनि नखाइने र मुख पनि बन्द हुने हुँदा थुकको मात्रा कम हुने डा. घिमिरे बताउँछन् ।

‘हाम्रो मुखमा थुकको मात्रा कम हुन्छ र प्लक जम्मा हुन्छ । प्लक भनेको हाम्रो थुकसँगै मिलेर एउटा लेयर बन्छ जसलाई पेनिकल भनिन्छ । त्यसमा ब्याक्टेरियाहरु जम्मा हुन्छन् र मुख गन्हाउने समस्या हुन्छ, उनी थप्छन्, ‘त्यसैले पनि बिहान उठेर दाँत माझ्नु आवश्यक छ ।’

डा. घिमिरे बिहान र बेलुका गरी दिनमा दुईपटक दाँत माझ्न सुझाव दिन्छन् । उनी दाँतको सुरक्षित गर्न सके ९० प्रतिशत रोग नलाग्ने तर्क गर्छन् । भन्छन्, ‘खानेकुरामा प्राकृतिक चीजहरु खाने गर्नुपर्छ, सुर्ती र मदिराजन्य पदार्थ सेवन गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?