मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनग्गे खानुस् गाजर, यस्ता छन् फाइदै फाइदा

हामी गाजरलाई सलादको रूपमा सेवन गर्छौ । यसको प्रयोग अचारमा पनि हुन्छ भने हामी गाजरको हलुवा बनाएर पनि खाने गर्छौ । दैनिक रूपमा गाजर खाँदा वा यसको जुस पिउनु स्वास्थ्यको लागी निकै लाभदायी हुन्छ । 

काँचो गाजर खाँदा स्वास्थ्यसम्बन्धी अनेकौँ समस्या समाधान हुन्छ भने आँखाका बिरामीहरूका लागि त यो वरदान नै हो  । गाजरमा पाइने भिटामिन ए ले हाम्रो आँखा तेजिलो बनाउनुका साथै प्रतिरक्षा शक्ति मजबुत बनाउँछ । यसको सेवनले मुटु रोग तथा क्यान्सरबाट बच्न सकिन्छ ।

गाजरको खानुका फाइदाहरू :

– गाजर नियमित खाँदा हाम्रो दाँतको स्वास्थ्य पनि राम्रो हुन्छ । गाजरले दाँतको सफाइ गर्नुका साथै सासलाई पनि स्वच्छ राख्छ ।

– गाजरले शरीरमा रगतको मात्रा बढाउँछ ।

– गाजरले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ । यसको सेवनले कोलेस्ट्रोल नियन्त्रण र मुटुरोगको खतरा पनि कम गर्छ ।

– गाजर मधुमेह,मुटु रोगी,पेटको समस्या,क्यान्सर र रतन्धोका बिरामीका लागि पनि लाभदायी छ ।

– काँचो गाजर खानाले रजस्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

– गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?