मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन तोलामै १३ सय रुपैयाँले घट्यो,कतिमा हुँदै छ  कारोबार ?

जोयनेपाल
16.1k
Shares
फाइल तस्वीर ।

काठमाडौँ – नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुन तोलामै एक हजार तीन सय रुपैयाँ घटेर प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?