मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्रोत नखुलेको २१ लाखसहित सुनसरीबाट एक जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीको टोलीले सुनसरीमा स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएकाे छ ।

पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ ।

सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । राउतको साथबाट एक हजार दरका नौ सय चार, पाँच सय दरका दुई हजार पाँच सय चार, एक सय दरका १९, पाँच, २० र १० दरका एक÷एक थान नेपाली नोट बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?