मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने

काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज ‘भूतप’ नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी ‘नासो’ ले जनाएको छ ।

भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ ।

उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासोले बताएको छ ।अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?