मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानको अनौठो मन्दिर अर्थात् ‘डिभोर्स टेम्पल’ 

जापानमा एउटा अनौठो मन्दिर छ । छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो । जसलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ ।

सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्त्वपूर्ण  यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ । 

सन् १२८५ मा बौद्ध भिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो । सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो ।

त्यस बेला महिलाको अवस्था नाजुक थियो । उनीहरूसँग आधारभूत अधिकार पनि थिएन । त्यसका अतिरिक्त महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो ।

जहाँ वैवाहिक सम्बन्ध विच्छेद हुनुलाई निकै गम्भीर विषयका रूपमा लिइन्थ्यो भने विभिन्न खालका प्रताडनाका कारण महिला आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे । 

जसबाट मुक्त हुन महिलाले यस मन्दिरमा गएर शरण लिने गर्दथे । पछि टोकिजी मन्दिरले वैवाहिक सम्बन्धमा प्रताडित भएका वा आफ्नो पतिसँग छुट्टिएर त्यहाँ गएर बस्न थालेका महिलालाई आधिकारिक रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र दिन सुरु गर्याे ।

त्यसलाई सुफुकु जी भनिन्थ्यो । सो प्रमाणपत्र पाएसँगै महिला वैवाहिक बन्धबाट मुक्त हुने र कानुनी स्वतन्त्रता प्राप्त गर्दथे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?