मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुल्मीको मदानेमा भलिबल प्रतियोगिता हुने, प्रथम हुनेलाई ५० हजार

तम्घास– गुल्मीको मदाने गाउँपालिका, पुर्कोट दहमा भलिबल प्रतियोगिता हुने भएको छ ।

यहाँको शान्ति दीप युवा क्लबले २५ औं वार्षिक उत्सवको अवसरमा बृहत् कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुने पुरुष टोलीले नगद रुपैयाँ ५० हजारका साथै रनिङ शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुरेश कुँवरले जानकारी दिए ।

यस्तै महिलातर्फको भलिबलमा प्रथम हुने टिमलाई नगद रुपैयाँ २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा खुला ब्याटमिन्टन प्रतियोगिता, पालिका स्तरीय प्रा.वि. नृत्य प्रतियोगिताका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको पनि प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रम आगामी माघ १६ गतेदेखि २० गतेसम्म पुर्कोट दहस्थित गोलपोखरी रंगशालामा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?