काठमाडौँ – ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुने भएको छ।
नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल भलिबल सङ्घको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सुर्खेतमा राष्ट्रिय भलिबल आयोजना गरिएको कर्णाली प्रदेश भलिबल सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।
यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ ।
आयोजनाको लागि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ।
त्यस्तै खेलाडीको गाँस र बासको व्यवस्थापन प्रदेश भलिबल सङ्घले गर्ने बताइएको छ। खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया