मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहानैबाट पेट सफा राख्न् यी हुन् ६ उपाय


काठमाडौं– यदि तपाईंको पेट बिहान उठ्दा पनि डुम्म भएको हुन्छ भने पेटसम्बन्धी समस्या हुनसक्छ ।

यी ६ उपाय अपनाउँदा तपाईंको पेटलाई आराम मिल्छः

-राम्रोसँग पाकेको मेवा खानुस् ।

-दुईवटा अन्जिर (यसलाई ठाउँअनुसार फरक नामले चिनिन्छ) लाई बेलुका पानीमा भिजाएर राख्नुस् र बिहान उक्त पानी खाने गर्नुस् ।

-रातिमा राखेको एक लिटर पानी सूर्योदय हुनुभन्दा पहिले पिउँदा पनि पेट सफा हुन्छ ।

-एक गिलास पानीमा एउटा कागतीको रस राखेर त्यसमा दुई चम्चा मह हालेर पिउँदा पनि फाइदा पुग्छ ।

-प्रतिदिन गुलकन्द (गुलाबको फूलबाट बनाइएको विशेष परिकार) दूधसँग खाँदा पनि फाइदा हुन्छ ।

-बिहान सधै हिँड्ने गर्नुपर्छ । यसले गर्दा पाचनशक्ति बढ्छ र कब्जियत हुने सम्भावना एकदमै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?