मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्तला सँगसँगै बोक्रा पनि यति धेरै लाभदायी ?

अहिले बजारमा सुन्तलाको सिजन छ । तपाई फलफूल किन्न बजार निस्कनुभयो भने जताततै सुन्तला मात्रै देख्नुहुन्छ । निकै रसिलो फल सुन्तला खादा निकै स्वादिलो हुन्छ ।

पुस,माघको चिसो मौसममा  पारिलो घाम ताप्दै सुन्तलाको स्वाद लिनुको मज्जा पनि वेग्लै नै छ । 

सुन्तला निकै मिठो र गुनकारी फल हो । यसमा प्रशस्तै भिटामिन सी लगायतका पोषण तत्त्व पाइन्छन् ।

खादा मिठो हुने निकै पौष्टिक र बहु उपयोगी फल हो सुन्तला । पहाडी भेगमा फल्ने सुन्तला अरू फलफूलको तुलनामा सस्तो पनि हुन्छ । यस कारण यो फल सबैको पहुँचमा हुन्छ ।

सुन्तला सँगसँगै यसको बोक्रा पनि निकै लाभदायी हुन्छ । जुन कुरा हामी सबैलाई थाहा नहुन सक्छ । हामी घाममा बसेर सुन्तला खान्छौ र त्यसको बोक्रा फाल्ने गर्छौ ।

तर सुन्तला जति  हाम्रो मानव शरीरको लागि पौष्टिक छ त्यति नै यसको बोक्रा पनि उपयोगी र प्रभावकारी छ ।  

हामी मध्य कतिपयले यसको बोक्रालाई अनुहारमा लगाउने गर्छौ जसले हाम्रो छालालाई नरम र चम्किलो बनाउँछ । तर यति मात्र नभएर यसको बोक्रा अन्य धेरै कुराहरूमा उपयोगी र गुणकारी छ ।  

सुन्तलाको बोक्राको फाइदाहरु :

– कपाल एकदम खस्रो तथा ड्राई छ भने कपाललाई सुन्दर, सिल्की बनाउनका लागि सुन्तलाको बोक्रा निकै उपयोगी हुन्छ ।

– नियमित रुपमा सुन्तलाको बोक्राको लेदो अनुहारमा लगाउँदा अनुहारका दाग धब्बा घट्दै जान्छ  ।

-अनुहारको छाला बढी चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।

– रगतमा उच्च कोलेस्ट्रोलको समस्या भएकाहरूका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । 

– अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरूले मात्र होइन पेटमा जुका परेकाहरूले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।

– निद्रा नपर्ने समस्या भएकाहरूले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?