मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

को–को छन् प्लेन उडाउन सक्ने क्षमता भएका बलिउड स्टार ?

हुन त कलाकारको काम अभिनय हो । तर सबैको सोख र खुबी केवल अभिनय मात्रै हुँदैन भन्ने धेरै उदाहरण बलिउडमा देखिन्छन् ।

यी स्टारहरु कोही चित्रकलामा पोख्त छन् त कोही फुटबल खेल्न या अरू खेलकुदमा पोख्त छन् । आज हामी यिनीहरूमध्ये प्लेन उडाउने खुबी भएका बलिउड कलाकार बारे जानकारी दिँदै छौ ।

यी कलाकारका साथमा आफ्नै प्लेन होस या नहोस् तर उडान सक्ने क्षमता भने छ ।

आउनुहोस् जानाैँ यी पाइलट कलाकारका बारेमा :

शाहिद कपुर 

अभिनेता शाहिद कपुरमा अभिनय क्षमताका साथै प्लेन उडाउन सक्ने खुबी समेत छ ।

एक अन्तरवार्तामा उनी स्वयमले फिल्म ‘मौसम’ का लागि प्लेन उडाउन सिकेको खुलासा गरेका थिए ।

यो फिल्ममा उनी ‘एयरफोर्स पाइलट’ का रूपमा छन् । भारतीय वायु सेनाको अभिनयलाई जीवन्त बनाउन उनले प्लेन उडाउन पनि सिके 


अमिताभ बच्चन
बलिउड चलचित्रका महानायक अमिताभ बच्चन पनि प्लेन उडाउन सक्छन् ।

विग वि भनिर चिनिने उनीसँग आफ्नै निजी प्लेन समेत छ । उनले एक अन्तर्वार्ताका क्रममा आफूले एयरफोर्समा करियर बनाउने सपना देख्ने गरेको खुलासा गरेका थिए ।

उनको यो सपना पुरा नभएपनि उनले प्लेन उडाउन भने सिके । बताइए अनुसार उनी प्लेन उडाउन मात्र नभएर सही र सुरक्षित तरिकाले ल्यान्डिङ गराउन सक्ने व्यक्ति हुन् ।

विवेक ओबराँय

विवेक ओबरायँ को नाम पनि प्लेन उडाउन सक्ने बलिउड कलाकारको सूचिमा छ ।

उनले पनि अभिनयलाई जीवन्त बनाउनकै लागि प्लेन उडाउन सिकेका थिए ।

‘कृष ३’ मा भिलेनका रूपमा देखिएका उनले यही भूमिकाका लागि प्लेन उडाउन सिकेका हुन् । 

गुल पनाग

अभिनेत्री गुल पनाग हिन्दी तथा पन्जाबी फिल्ममा काम गरेकी व्यक्ति हुन् ।

उनी बलिउडमा एक मात्र एक यति अभिनेत्री हुन जो व्यवसायीक पाइलट पनि हुन् । उनीसँग प्लेन उडाउने लाइसेन्स छ भने उनका श्रीमान ऋषी अत्री पनि वरिष्ठ पाइलट हुन् ।  

असिन

गजनी फेम अभिनेत्री असिन पनि प्लेन उडाउने क्षमता भएकी व्यक्ति हुन् ।

बिदा मनाउन इटाली पुगेका वेला उनले आफैले प्लेन उडाउँदै गरेको भिडियो फ्यानहरूमाझ शेयर समेत गरेकी थिइन् । यहीबाट उनको यो क्षमताको खुलासा भएको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?