मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुक चलाउँदा कहिल्यै नगर्नुस् यस्तो गल्ती

विश्वभर अरबौँ मानिस फेसबुकको प्रयोग गर्छन् । त्यसमा पनि अधिकांश मानिस मोबाइल डिभाइसबाटै फेसबुक चलाउने गर्दछन् ।

फेसबुक हाम्रो जीवनमा यति नजिकको साथी बनिसकेको छ की यसमा हामीले हाम्रो जीवनका धेरै कुराहरू शेयर गर्न थालिसकेका छौँ ।

हाम्रा सोच, विचार, भावना, अवस्थिति, योजना, जानकारी, सूचना तथा तथ्याङ्क लगायतका कुराहरू फेसबुकमा शेयर गर्ने तथा साथीभाइ तथा परिवारसँग जोडिने तथा सम्पर्कमा रहने सजिलो माध्यम बनिरहेको छ फेसबुक ।

हाम्रो जीवनको आधाभन्दा बढी समय त हामीले फेसबुकमै बिताइरहेका छौ । संसारभरिका संसार भरिका अरबौँ प्रयोगकर्ताहरू फेसबुकमा समय बिताउने गर्दछन्, ती अरबौँ प्रयोगकर्ताहरूको व्यापार, शिक्षा लगायतका आधारभूत जानकारी अनि आर्जन प्रक्रिया पनि यति बेला त फेसबुक मार्फत नै हुन थालेको छ ।

यसरी फेसबुकमा हामीले आफ्नो समय बिताइरहँदा धेरै गल्तीहरू गरिरहेका हुन सक्छौं, जसले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पनि असर गर्न सक्छ । यसले हाम्रो गोपनीयता समेत भङ्ग गर्दिन सक्छ ।

यसो भनी रहँदा हामीले कसरी फेसबुक चलाउँदा उपयुक्त हुन्छ त ? फेसबुकलाई हामीले कसरी प्रयोग गर्दा हाम्रो गोपनीयता बाहिरिँदैन ? भन्ने प्रश्न हरेकको मनमा उब्जिन सक्छ ।

के यसरी हाम्रो बहुमूल्य समय हामीले फेसबुकमा बिताई उपयुक्त हो त? हामीले एक दिनमा कति समय फेसबुक चलाउन उपयुक्त छ त ? जसले हाम्रो स्वास्थ्यसँगै हामीलाई पनि फाइदा गर्छ ।

यो प्रश्न हरेकको मनमा उब्जिएको हुन सक्छ । फेसबुकको गलत प्रयोगबाट बच्नको लागि पहिलो कुरा त फेसबुकमा आफ्ना धेरै व्यक्तिगत जानकारीहरू नराख्ने, व्यक्तिगत जानकारी फेसबुकमा पब्लिक गरेर राख्दा तपाइको व्यक्तिगत जानकारीको कसैले दुरुपयोग गर्न सक्छ ।

त्यसैले फेसबुकमा कुनै चिज अन्धाधुन्ध पोस्ट गर्नुअघि एक पटक गहिरिएर सोच्नुहोस् । त्यस्तै फेसबुकमा जथाभाबी साथीहरूलाई फ्रेण्ड नबनाउनुहोस् । अन्जान ब्यक्त्तिहरुलाई फ्रेण्ड बनाउँदा तपाईँले शेयर गरेको आफ्ना निजी विषयहरू तपाईँसँग परिचय नै नभएको मानिसले जानकारीहरू प्राप्त गर्नुको कुनै औचित्य हुँदैन ।

आफ्नो फेसबुक प्रोफाइलमा सबै कुरा जो सुकैले हेर्न पाउने गरी ‘पब्लिक’ गराउनु राम्रो होइन । आफ्नो स्कुलको नाम, कलेजको नाम, जन्मदर इत्यादिजस्ता विषयहरू सबैलाई देखाउनु भन्दा आफ्ना फेसबुक साथीहरूले मात्र देख्ने गरी प्राइभेसी सेटिंग्स गर्दा राम्रो हुन्छ ।

त्यस्तै फेसबुक पोस्टहरू पनि सम्बन्धित वा साथीहरूले मात्र देख्ने गरी प्राइभेसी सेटिंग्स गर्नु उपयुक्त हुन्छ । त्यस्तै आफ्नो घरको ठेगाना, कार्यालयको ठेगाना, कार्यालय समयजस्ता कुराहरू फेसबुकको प्रोफाइलमा पब्लिक गर्नु राम्रो हुँदैन । यस्ता जानकारीहरू सार्वजनिक गर्दा कहिलेकाहीँ तपाईँको व्यक्तिगत जीवनमै समस्या आउन सक्दछ ।

फेसबुकमा आफ्नो व्यक्तिगत धनमाल प्रदर्शन नगर्नुस् । आफू धनी छु भन्ने कुरा फेसबुकमा सो गर्नु आवश्यक नहुने मात्र होइन प्रत्युत्पादक पनि हुन सक्दछ । यदि तपाईँले नयाँ धनमाल जोड्नु भयो पनि फेसबुकमा सार्वजनिक नगर्नु नै बेस हुन्छ । त्यसो गर्नाले आफ्ना यस्ता वित्तीय जानकारीहरू गोप्य नै रहन्छ ।

फेसबुक पोस्ट वा मेसेन्जरमा कसैलाई गाली नगर्नुहोस् । फेसबुकमा अपशब्द लेखेर कसैलाई दुर्व्यवहार गर्नु वा कसैलाई मेसेन्जरमा अश्लील शब्दहरू लेखेर मेसेज पठाउनु निकै घातक हुन सक्दछ ।

यदि त्यसो गर्नु भयो भने मानिसहरूले तपाईँले पठाएका यस्ता सन्देश वा गरेका यस्ता पोस्टहरूको स्क्रिन सट राखेर भविष्यमै तपाइँकै बेइज्जतीका लागि प्रयोग गर्ने सम्भावना हुन्छ ।

त्यस्तै अर्को अन्तिम र मुख्य भनेको पासपोर्ट, फ्लाइटको टिकट, बैंक स्टेटमेन्ट तथा प्रमाणपत्रको फोटो फेसबुकमा नराख्नुहोस् ।

कतिपयको आफ्नो राहदानी, नागरिकता, बैङ्क खाता विवरण जस्ता निजी कागजातहरूका तस्बिर खिचेर फेसबुकमा हाल्ने बानी हुन्छ। जसले गर्दा व्यक्तिको सम्पूर्ण जानकारी अन्य मानिसले पत्ता लगाउन सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?