मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘लुसु’बाट निर्देशन यात्रामा कलाकार श्रेष्ठ

काठमाडौँ – कलाकार नवराज श्रेष्ठले फिल्म ‘लुसु’बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् ।

दि पाल्म ग्रुप प्रा।लि।को ब्यानरमा निर्माण हुने सो फिल्मका निर्माता शेखर लामा हुन्। निर्माताले टिमले चलचित्र निर्माणका लागि गत बिहीबार चलचित्र विकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन् ।

पदम विश्वकर्माको कथा रहेको चलचित्र सामाजिक कथाको रहने छ । नेपाल र अमेरिकामा छायाङ्कन हुने चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ ।

फागुनबाट चलचित्रको छायाङ्कन थाल्ने निर्माण पक्षको तयारी छ । चलचित्रको मुख्य कलाकार तथा प्राविधिकहरू केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ।

अभिनयबाट सँगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेष्ठले जनाएका छन् । उनले चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महसुस भएर निर्देशनमा आउन लागेको जनाए ।

सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?