काठमाडौं – आज २०८० साल पुस १९ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :
मेष : दिन राम्रो छ। पुरानो धन उठ्नेछ। बोलीमा मिठास हुनेछ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र राम्रो छ। परिवारमा कुरा नमिल्दा विवाद हुनसक्छ।
वृष : दिन सोचेको भन्दा राम्रो छ। नयाँ ठाउँको भ्रमणले मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा खराब व्यक्तिले सताउने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। सोचेका काममा साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा भन्दा वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : दैनिकी सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।
सिंह : यात्राका लागि राम्रो दिन छ। पारिवारिक सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्छ। दाजुभाइ र बन्धुबाट सहयोग मिल्नेछ।
कन्या : दिन राम्रो छ। सोचेका राम्रा कुराको प्रशंसा हुनेछ। हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। गुरुको माया प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा मान सम्मान मिल्नेछ।
तुला : दिन राम्रो छ। ढिलासुस्तीले मात्र तपाईंको समय बित्नेछ। व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग नमिल्ने भएकाले सचेत हुनुपर्छ। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।
वृश्चिक : आजको दिनमा पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारमा तनाव हुने देखिन्छ।
धनु : आजको समय सञ्चित धन खर्च हुने योग रहेको छ। प्रतिस्पर्धीले प्रतिवाद नगर्ने भएकाले उन्नति प्रगति हुनेछ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ।
मकर : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढिने योग छ। सम्पत्तिमा अचानक क्षति हुनसक्छ। व्यापार र वैदेशिक क्षेत्रमा भने सफलता प्राप्त हुनेछ।
कुम्भ : आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र सबल छन्। दिन त्यत्ति धेरै सहज नभएकाले जुनसुकै काम गर्दा सचेत हुनु राम्रो हुन्छ।
मीन : दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ। आफन्तसँगको लेनदेनले मनमुटाव ल्याउने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया