मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा धेरै सार्वजनिक विदा दिने राष्ट्रमा नेपाल विश्वमै पहिलो

काठमाडौं– वार्षिक रुपमा सबैभन्दा धेरै सार्वजनिक विदा दिने राष्ट्रमा नेपाल विश्वकै पहिलो राष्ट्र बनेको छ ।

‘वर्ल्ड अफ स्टाटटिस्टिक’को रिपोर्ट अनुसार नेपाल सबैभन्दा धेरै वार्षिक विदा दिने राष्ट्र हो ।

नेपालले वर्षभरिमा ३५ दिन सार्वजनिक विदा दिनेवर्ल्ड अफ स्टाटटिस्टिकको रिपोर्टमा देखिएको छ ।

नेपालपछि म्यानमार दोस्रो नम्बरमा छ । म्यानमारमा वार्षिक ३२ दिन सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

त्यसपछि इरानमा २६, श्रीलंकामा २५, बंगलादेशमा २२, इजिप्टमा २२ र कम्बोडियामा २१ दिन सार्वजनिक विदा दिने गरिएको छ ।

भारत भने सार्वजनिक विदा दिने देशमा आठौँ नम्बरमा पर्छ । भारतमा वार्षिक २१ दिन सार्वजनिक विदा दिने गरिएको छ ।

यस्तै भारतपछि अर्जेन्टिना र लेबनानमा १९ दिन विदा दिने रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?