मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमिर खानकी छोरी आयराको आज कोर्ट म्यारिज, पाहुनालाई उपहार ल्याउन निषेध

मुम्बई। बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खान र फिटनेस ट्रेनर नुपुर शिखरे बुधबार विवाह बन्धनमा बाँधिदैछन् । दुवैले आज अदालती विवाह गर्दैछन् । त्यसपछि आजै साँझ करिब ६ः३० बजे नुपुर विवाहको जुलुससहित ताज ल्यान्ड्स एन्ड पुग्नेछिन् ।

यसअघि मंगलबार विवाह संस्कार सम्पन्न भएको थियो । हल्दी समारोहमा आमिरका पूर्वपत्नी रीना दत्ता र किरण राव दुवै सँगै देखिएका थिए । दुवैजना नौवारी सारी ‘महाराष्ट्रीयन साडी’ लगाएको देखिएकी थिइन् ।नुपुरले सामाजिक सञ्जालमा अनुष्ठानका केही तस्बिर सेयर गरेकी छन् । जसमा दुवैले परम्परागत पहिरन लगाएका छन् । उनीहरु एकअर्कालाई खाना खुवाउँदै गरेको देखियो ।

कोर्ट म्यारिजपछि राजस्थानको उदयपुरमा जनवरी ८ मा डेस्टिनेशन वेडिङ हुँदैछ । साथै, रिसेप्शन १३ जनवरीमा मुम्बईको प्रसिद्ध जियो वर्ल्ड सेन्टरमा हुनेछ। रिसेप्शनमा बलिउड सेलिब्रेटीहरु सहभागी हुनेछन् । रिसेप्शनमा आमिरले पाहुनालाई उपहार ल्याउन निषेध गरेका छन् र आशीर्वाद दिन मात्रै भनिएको छ ।

जिओ वर्ल्ड सेन्टर मुम्बईको बीकेसी क्षेत्रमा छ। यहाँ यस समारोहको लागि बुक गरिएको बलरूममा एकै पटक तीन हजार व्यक्ति उपस्थित हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?