मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री जान्ह्वी कपुरको डेटिङ किन भएन सुखद ?


मुम्बई । अभिनेत्री जान्ह्वी कपुरले हिरोसँगको डेटिङको अनुभव सुखद नरहेको बताएकी छिन् । उनले करण जौहरसँगको एउटा टेलिभिजन कार्यक्रममा बोल्दै हिरोसँग रोमान्स गर्दा प्रतिस्पर्धाको भावना आउने बताएकी छिन्

‘यो पेशामा तपाईँले आफूलाई नै धेरै समय खर्चनुपर्ने हुन्छ । त्यसैले यस्तो पार्टनर ठीक हुनेरैछ जसले तपाईँलाई आफ्ना क्षणहरु बाँच्न देओस् । तर हिरोहरु चाहिँ प्रतिस्पर्धीको व्यवहार देखाइहाल्नेरैछन् । एकदमै अराजक हुनेरहेछ,’ जान्ह्वीको भनाइ थियो ।

‘धडक’बाट डेब्यु गरेकी जान्ह्वीले सोही फिल्मका हिरो इशान खट्टरसँग डेट गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध फिल्म रिलिजसँगै सकिएको थियो ।

अहिले जान्हवीले शिखर पहरियासँग डेट गरिरहेको स्वीकार गर्ने गरेकी छिन् । करनकै सोमा पनि उनले स्पिड डायलको सूचीमा बुबा बोनी कपुर र बहिनी खुसी कपुरसँगै शिखरको नम्बर रहने खुलासा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?