मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलायतको प्रतिभा सम्मान रसिकलाई, मेन्याङ्बोलाई पुरस्कार

काठमाडौँ – नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । 

यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।
लभगभ पाँच दशकदेखि गायनमा  रहेका गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–सङ्गीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

रसिकका क्षितिजलाई छुन खोज्दा (कथा संग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह, २०२७), रसिकका गीतहरू (गीत संग्रह,  २०४५), आकाशगंगाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५),  लगायतका कृति प्रकाशित छन् । 

उनले यी काममार्फत साहित्यको श्रीवृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टंक वनेमले बताए ।

यसै गरी लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध ९कथाकृति, २०६०० प्रकाशित छ भने फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उनी मुन्धुमी ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न रहेका छन् । सम्मान तथा पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ । 

सम्मान तथा पुरस्कार चैत्र महिनाको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्ने कार्यक्रम रहेको  प्रतिष्ठानका महासचिव चोक गुरुङले जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?