मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रिमै’ मा अब सौगात पनि‍….

काठमाडाैँ – नायक सौगात मल्ल फिल्म ‘रिमै’ मा जोडिएका छन् । यसअघि नै नायक दयाहाङ राई र नायिका रिस्मा गुरुङले साईन गरिसकेको फिल्मको सौगात  जोडिएसँगै लाइनअप पुरा भएको हो । 

यी तीन कलाकारले फिल्म ‘कबड्डी कबड्डी’मा एकसाथ काम गरेका थिए भने दर्शकले यी उनीहरूको केमेस्ट्रीलाई रुचाएका थिए । जुन ‘केमेस्ट्री’लाई ‘रिमै’ले पुनः ताजा गराउने अनुमान गरिएको छ । 

गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्मलाई खिलबहादुर गुरुङको निर्देशन गर्ने छन् ।  फिल्ममा विरवल घलेको पनि अभिनय रहनेछ ।

उपेन्द्र सुब्बाले पटकथा लेखेको फिल्ममा कथा भने निर्देशक गुरुङ र कलाकार घलेको छ । फिल्मको हाल प्रि–प्रोडक्शनको काम चलिरहेको छ । ‘रिमै’लाई फागुनबाट फ्लोरमा लैजाने तयारी निर्माणपक्षले गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?