मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभास स्टारर ‘सलार’ को कमाई ६०० करोड नजिक

काठमाडौँ – नयाँ वर्षबिच बक्स अफिसमा प्रभास र पृथ्वीराज सुकुमारनको फिल्म सलारको जादु जारी छ ।

रिलिज भएको १० औँ दिनमा फिल्मले भारु ६०० करोड हाराहारीको कलेक्सन गरेको छ । अहिले फिल्मको वर्ल्र्डवाइड कलेक्सन ५७८ करोड भारु छ ।

रिलिज अघि नकारात्मक प्रतिक्रिया पाएको यो फिल्मले गएको १० दिनयता फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको हो ।

यसअघि ब्याक टू ब्याक फ्लप फिल्म दिएका प्रभासको करियरलाई यो फिल्मले नयाँ दिशा दिएको छ । सलारको रूपमा उनले ६ वर्षमा पहिलो पटक ब्लकबष्टर फिल्म पाएका छन् ।

फिल्ममा सुकुमारनको पनि मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन केजीएफ फेम निर्देशक प्रशान्त नीलले गरेका हुन् ।

फिल्म तेलुगुबाहेक कन्नड, तमिल, मलयालम र हिन्दी सिनेमा हलमा रिलिज भएको छ । फिल्मले पहिलो र दोस्रो दिन १७६ करोड ५३ लाख र १०१ करोड ३९ लाख भारु कमाएको थियो ।

सलारको ओपनिङले यो वर्ष आएको शाहरुख खानको दुई ब्लकबष्टर फिल्म पठान र जवानलाई समेत उछिनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?