एजेन्सी– मान्छेका सोख पनि अनेकौं हुन्छन् । त्यही सोख पूरा गर्न विभिन्न देशमा उनीहरुले आफू अनुकुलको व्यवसाय गर्दै आएका छन् ।
यहाँ हामीले लण्डनको एउटा रेष्टुरेण्टको चर्चा गरेका छौं । जहाँ ग्राहकहरुले नाङ्गै बसेर खाना खाने गर्छन् ।
लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक ‘दि सेयर्ड’बाट केही गल्ली पार गरेपछि बुनयादी रेष्टुरेन्ट पुगिन्छ ।
यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट हो । जहाँ ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् ।
यो रेष्टुरेण्ट बाहिरबाट हेर्दा खासै भव्य देखिँदैन, झ्यालहरु पुरै बन्द गरेर भित्र अँध्यारो पारिएको हुन्छ । तर, भित्र गएर हेर्दा मैनबत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् ।
त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै भएर ग्राहकलाई सेवा दिइरहेका हुन्छन् ।
समाचारहरुमा जनाइएअनुसार, यो रेष्टुरेन्टमा एक सेट डिनरको एक सय यूरो तिर्नु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया