मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबलाई कपीराइट फ्री म्युजिक चाहियो ? यहाँबाट गर्नुहोस् डाउनलोड

अहिले युट्युब कन्टेन्ट बनाएर पैसा कमाउनु धेरैको पेसा नै बन्दै गएको छ । आफ्ना दैनिक जीवनका कार्य देखि शिक्षाप्रद र ज्ञानमूलक भिडियो बनाएर राम्रो आम्दानी गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।

तपाई पनि कन्टेन्ट क्रियशन को यस्तै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाईँलाई चाहिन सक्ने म्युजिक कसरी कपि राइट नलाग्ने भन्ने तरिका यो सामग्रीमा सिकाउँदै छौँ ।

तपाई कमाई नै गर्ने किसिमले युट्युब भिडियो निर्माण गर्नुहुन्छ भने प्रयोग हुने म्युजिक कपीराइट फ्री हुन जरुरी छ । अन्यथा तपाईँको कमाई कम हुने मात्र हैन सही तरिकाले क्रेडिट दिन नजाने कपिरटाई स्ट्राईकको सिकार समेत बन्नुपर्ने हुन्छ । 

यस्तो अवस्था तपाई  rightsify नामको वेबसाइटबाट कपीराइट फ्री म्युजिक डाउनलोड गर्न सक्नुहुन्छ । यो वेवसाईटमा एआईबाट म्युजिक बनाइन्छ । यही कारण प्रयोग गर्दा तपाईँलाई कपीराइट लाग्दैन । 

कसरी गर्ने डाउनलोड

– यसका लागि तपाई rightsify वेबसाइटमा जानुहोस् 
– रजिस्टर गरिसकेपछि कस्तो प्रकारको म्युजिक चाहियो निर्देशन दिनुहोस् र जेनेरेट म्युजिकमा थिच्नुहोस् 
– यसरी तपाईँले आफूलाई चाहिने कपीराइट फ्री म्युजिक प्राप्त गर्न सक्नुहुने छ । 

याद राख्नुहोस् ,तपाईँलाई कपीराइट नलाग्ने फोटो र भिडियो चाहिएको छ भने त्यसका लागि freepik, pixabay, videvo  वेबसाइटमा जान सक्नुहुन्छ । जहाँ विषय अनुसारका भिडियो र फोटो पाइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?