मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङमा

काठमाडौं– गायक, मोडल तथा कलाकार प्रकाश सपूतले मंगलबार रिलिज गरेको ‘मुटु कटक्कै’ बोलको गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा उक्लेको छ ।

रिलिज हुनासाथ चर्चामा आएको यो गीतमा प्रेमका भावनालाई उनिएको छ । गीतमा शब्द तथा संगीत प्रकाश सपूतकै रहेको छ ।

गीतको भिडियोमा प्रकाश सपूतका साथै कुसुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतका कलाकारले अभिनय गरेका छन् ।

सामाजिक सञ्जालमा पनि यो गीतले चर्चा कमाइरहेको छ । यद्यपि म्युजिक भिडियोमा धेरै ब्राण्डका विज्ञापनहरु गरिएको भन्दै कतिपयले सपूतको विरोध पनि गरेका छन् ।

यसअघि सपूतले ‘जाले रुमाल फाट्यो’, ‘दमाई महाराज’, ‘सकम्बरी’ लगायतका गीत बजारमा ल्याएका थिए । ती गीतबाट उनले राम्रो चर्चा कमाएका थिए । लोक संगीतका क्षेत्रमा प्रकाश सपूत पछिल्लो समयका लोकप्रिय गायक मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?