मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँ धेरै पानी पिउने गर्नुहुन्छ? कति पानी पिउनु उपयुक्त?

काठमाडौं– सजीव प्राणीहरुका लागि पानी प्राण बचाउने तरल पदार्थ हो । पानी विना कुनै पनि सजीव प्राणीको जीवनको कल्पना गर्न सकिन्न । अझ भनौँ, मानव जीवनमा त बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म पानीको निकै प्रयोग र उपयोग हुने गर्छ ।

पानी धेरै उद्देश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। अर्को सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।

सामान्यतया हाम्रो मानव शरीरका लागि पानी जति धेरै पिउन सक्यो त्यति धेरै फाइदा हुन्छ भन्ने हामी सबैको आम बुझाइ छ । यसकारण हामी जुनसुकै अवस्थामा पनि पानी पिउने गर्छौँ। तर पानी धेरै पिएर हैनऽ मात्रा मिलाएर सही तरिकाले पिउने गर्दा मात्र स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

अन्यथा अन्य खानेकुराहरु धेरै खाँदा जसरी हामीलाई अपाच्य हुन्छ, सकस हुन्छ । त्यस्तै पानी पनि मात्रा नमिलाइ पिउँदा समस्या निम्तिन सक्छ । अझ खाना खाने समयमा त पानी पिउनु राम्रो होइन । तर, हामीले खाना खाने समयमा नै धेरै पानी पिउने गर्छौं । जुन एकदमै गलत हो ।

दैनिक कति लिटर पानी पिउने?

चिकित्सकका अनुसार साधारण व्यक्तिले दिनमा २ देखि ३ लिटर पानी पिउनु राम्रो मानिन्छ । तर एकैपटक धेरै पानी पिउनु पनि राम्रो मानिँदैन ।

यदि तपाईँको पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रामा कमी छैन भन्ने बुझ्न सकिन्छ । यदि तिर्खा लाग्यो भने थोरै पानी पिउनुपर्छ । धेरै पानी पिउँदा वान्ता पनि हुन सक्छ ।

कति पानी पिउने र कति कति बेला पिउने भन्ने सन्दर्भमा एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढी पानी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ ।

सबैले बिहान उठ्नासाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। खाना खाने समयमा पानी नखाएको नै राम्रो हो ।

एकैचोटी धेरै पानी पिउन भने हुँदैन । पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ । पानीको अभाव भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ । पानीको कारण टाउको दुःखेको कम हुन्छ ।

पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ । कब्जियत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ। एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउँदा शरीरलाई हानी गर्दैन । तर, पानी सफा हुनुपर्छ ।

यति उमेर समूहले यति पानी पिउने भन्ने केही पनि छैन । पानी सफा हुनुपर्‍यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?