मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समयमा प्रयोग नगर्दा खेर गयो चीनले दिएको ४० लाख मात्रा कोरोना खोप  

काठमाडौँ – चीन सरकारले निःशुल्क दिएको कोरोना भाइरस विरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिएको छ ।

सो खोप २०७८ वैशाख १२ र १४ गते दुई पटकमा चीन सरकारको अनुदानमा नेपाललाई प्राप्त भएको थियो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा थन्किएका यी खोपको म्याद पुस ७ गतेसम्म थियो ।

अब खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागेको हो ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतम प्राविधिक कारणले गर्दा खोप प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
‘खोप सल्लाहकार समितिले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भनेर सिफारिस गर्‍यो’, डा. गौतमले भने, ‘तर हामीले पहिलो, दोस्रो डोजको रुपमा पनि सिनोभ्याक खोप सञ्चालन गर्न सकेनौँ ।’

तत्कालीन समयमा विज्ञले सिनोभ्याक खोप नलिनका लागि सुझाव दिएका थिए । तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीन सरकारको दबाबकै कारण उक्त खोप ल्याउन बाध्य भएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

यद्यपि तत्कालीन समयमा खोपको माग अत्यधिक भएका कारण नै योजनाविहीन अवस्थामै ४० लाख खोप नेपालले लिएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाको भनाई छ । 

‘सरकारको राजनीतिक तहमा कुरा भएर खोप आएको हो । त्यस बेला अत्यधिक खोप माग थियो’ डा। चौरसिया भन्छन्, ‘तत्कालीन समयमा सिनोभ्याक खोप बुस्टर रुपमा लगाउन नमिल्ने भन्ने थिएन ।’

विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले त्यस बेला सिनोभ्याकको सट्टा फाइजरको खोप लगाउन सुझाव दिएको थियो । डब्लुएचओले सिनोभ्याक खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको थियो ।

तत्कालीन समयमा अधिकांश मानिसले खोपको विश्वसनीयतालाई हेरी मोडेर्ना, कोभिसिल्ड तथा फाइजर खोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?