मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जलवायु परिवर्तनको मार खेप्दै मनाङ

काठमाडाैँ – मनाङको मुख्य आकर्षणको केन्द्र हिमाल र पदमार्ग नै अहिले जोखिममा पर्न थालेका छन् ।

हिमाल माथि सर्दै जाँदा बगर र कालापत्थर देखिनेक्रम बढेको छ भने हिमालमा हिउँ नै कम देखिन थालेको छ । यो जलवायु परिवर्तनको प्रत्यक्ष असर भएको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

विश्वका पर्यटक यहाँ आउनाका कारण पदमार्गको यात्रा र हिमाललाई नजिकबाट नियाल्नु हो । यही मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी पर्यटक आउँछन् ?

स्थानीयवासी  याङदुङ गुरुङले भन्छन्– ‘यो विषयमा बृहत् छलफल हुनु आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्छ । ‘

उनले अनुभवमा “बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले अलि माथि हिँडे भेटिने हिमाल अहिले त धेरै माथि पुगेपछि मात्रै देखिन थालेको छ । त्यसमाथि हिमालमा हिउँ नै देखिँदैन । ‘

यता पदमार्गमा पनि बिस्तारै सडक बन्ने क्रम बढी रहेको छ ।  हिउँ माथि सरेसँगै हिमालको तल्लो क्षेत्र पातपतिङ्गरबिनाको पहाडजस्तो बनेको छ । ती ठुला चट्टानयुक्त पहाडमा खेतीपाती नहुने भएकाले उपयोगविहीन चट्टान मात्र देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहानसमेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने गरेको याङदुङ बताउछन् । 

“उदाहरणका लागि गङ्गापूर्ण ताललाई नै लिन सकिन्छ”, उनले भने, “अरू के खोज्ने हो र रु हामीले हेर्दाहेर्दै सुक्यो त त्यो ताल । यहाँ सुक्यो अन्य ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अर्को स्थानबाट ल्याउनुपर्ने भएको याङ्दुङको भनाइ छ ।

यो जलवायु परिवर्तनको असर हो वा अन्य केही कारणले गर्दा यहाँ परिवर्तन आएको हो भन्नेबारेमा अनुसन्धान गर्न स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?