मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खानासाथ सुतिहाल्ने बानी राम्रो होइन

काठमाडौँ – हामीमध्ये धेरैको खाना खाएपछि एकछिन आराम गर्ने बानी हुन्छ । व्यस्त जीवनशैलीमा पनि कतिपयले खाना खाएर एकछिन सुत्ने समय छुट्याउने गरेको पाइन्छ ।

कहिलेकाहीँ कामको थकानले गर्दा पनि खाना खानासाथ पल्टिहाल्ने कतिपयको आदत हुन्‍छ । यो सही हो कि गलत हो भन्नेमा धेरैलाई जानकारी नै भएको हुँदैन । यस विषय वरिपरि रहेर नागार्जुन हेल्थ केयर सेन्टरमा कार्यरत जनरल डाक्टर पुष्पमणि खरालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ता:

खाना खाएपछि तुरुन्तै सुत्न मन लाग्छ, यो राम्रो हो कि होइन ?

खाना खाइसकेपछि हाम्रो पेटमा पाचन पक्रिया सक्रिय हुन्छ । पाचन पक्रिया सक्रिय भएपछि पेटको भागमा रगतको सञ्चालन बढी हुन्छ । यस कारण दिमागको भन्दा पेटमा रक्त–सञ्चालन बढी हुने भएकाले  खाना खाने बित्तिकै तुरुन्तै सुत्न मन लाग्छ । तर, यो राम्रो बानी भने होइन ।

खाना खाएपछि तुरुन्तै निदाउँदा स्वास्थ्यमा कस्तो असर पर्छ त उसो भए?

खाना खाएपछि तुरुन्तै निदाउँदा हामीले खाएको खाना राम्ररी चल्न पाउँदैन । अर्थात् पाचन प्रणाली राम्ररी हुँदैन । अर्को कुरा एसीडीटी बढ्छ, खाना नलीमा समस्या हुनुको साथै छाती पोल्न थाल्छ । 

खाना खाएको कति समयपछि मात्रै सुत्नुपर्छ ?

खाना खाएको सरदर एक घण्टा नसुतेको राम्रो ।

खाना खाने बित्तिकै गर्न नहुने कामहरू के–के हुन् ?

खाना खाने समयमा साथै खानुभन्दा आधा घण्टा अघि र आधा घण्टा पछिसम्म पानी नखाने गर्नुपर्छ । तत्काल नसुत्ने केही समय हिँडडुल गर्ने गर्नुपर्छ । शरीरलाई सकेसम्म सक्रिय बनाउनु लाभदायक हुन्छ ।

अन्त्यमा पाठकलाई केही सुझाव दिन चाहनुहुन्छ ?

सकेसम्म बेलुकाको खाना कम खाने गर्नुस् । किनभने बेलुका खाना खाएपछि हामी केही काम गर्दैनाैँ यस कारण राति हाम्रो ईनर्जी खर्च हुँदैन र मोटोपना बढ्ने सम्भावना हुन्छ । बिहान उठेर व्यायाम गरेजस्तै बेलुका खाना खाएपछि पनि व्यायाम गर्ने बानी बसाल्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?