हंप्टी शर्माको दुल्हनिया र बद्रीनाथको दुल्हनियापछि निर्माता करण जौहर तेस्रो सिक्वेलको रूपमा ‘दुल्हनिया ३’ तयारीमा जुटेका छन् । फिल्मका लागि जौहरले वरुण धवन लिइसकेका छन् ।
तर फिल्ममा आलिया भट्टको अभिनय रहने नरहने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार जौहरले धर्मा प्रोडक्शनको ब्यानरमा ‘दुल्हनिया ३’ सुरु गरेका हुन् । यो फिल्मको मुख्य भूमिकामा वरुण नै देखिनेछन् भने अभिनेत्री परिवर्तन गर्न खोजिएको बताईएको छ ।
यस अगाडिको दुई सिक्वेलमा भने हिरोइन अभिनेत्री आलिया भट्ट थिइन् । तर यो पटक करणको फिल्मबाट नयाँ अनुहार लन्च गर्ने योजनामा छन् । यहि कारण निर्माण युनिट वरुणको जोडिका रूपमा फ्रेस अनुहारको खोजीमा छ ।
रिपोर्टका अनुसार फिल्म पछिल्लो दुई सिक्वेलका निर्देशक शशांक खैतानले निर्देशन गर्नेछन् । फिल्मको आइडिया समेत वरुण, करण र शशाांक मिलेर नै बनाएका हुन् ।
अहिले स्क्रिप्ट समेत फाइनल भएको छ । फिल्मको सुटिङ छिट्टै हुनेछ भने फिल्म २०२५ मा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया