मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 ‘होचा पुड्का’ मात्र बस्ने अनौठो ठाउँ

सामान्यतयाः ठाउँ, भुगोल लगायत कुराले मानिसको उचाई तथा बनोटमा अवश्य फरक पार्छ । अनि समाज, देश, जात अनुसार पनि मानिसहरु फरक फरक हुन्छन् ।

आज हामी यस्तो ठाउँको कुरा गर्दै छौं जुन स्थानमा होचा–पुड्का मानिस मात्र बसोबास गर्छन् । उनीहरुकै शासन चल्छ । झट्ट सुन्दा त तपाईंलाई विश्वास नलाग्न पनि सक्छ । अचम्म नमान्नुस् यो बास्तविकता हो ।

अनौठो गाउँको नामले पनि चिनिने त्यो ठाउँ हो– याङ्सी । याङ्सी नामको त्यो गाउँलाई संसारकै एक मात्रै होचा–पुड्का बस्ने गाउँका रूपमा चिनिँदै आएको छ । त्यो गाउँ भने सन् १९५१ मा मात्र पत्ता लागेको थियो ।

त्यो गाउँमा बस्ने करिब ४० प्रतिशत मानिस एकदमै होचा छन् । त्यहाँ रहेका मानिसको उचाइ २ फिट १ इन्च देखि बढीमा ३ फिट १० इन्चसम्म हुने गरेको छ । तर अहिले गाउँभरिमा जम्मा ८० जनाको हाराहारीमा मात्र मानिस बस्छन् ।

समग्र गाउँकै धेरै मानिस पुड्का भएपछि अहिले वैज्ञानिकहरूले यसमा चासो देखाएका छन् । सन् १९९७ मा गरिएको एक अनुसन्धानक्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको थियो ।

वैज्ञानिकले सोही माटोलाई होचोपनको प्रमुख कारण मानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?