मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईमा मोटोपनाको समस्या छ ? के खाने, के नखाने ?

अहिले धेरैजसोमा मोटोपनको समस्या देखिन्छ । अव्यवस्थित खानपान तथा जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले धेरै रोग निम्त्याउने जोखिम रहन्छ ।

हिजोआज बच्चैदेखि जंकफुड खाने चलन बढेको छ । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा मोटोपन हुने गर्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ ।

जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, नियमबद्ध तालिका बनाएर खानपान गर्नु उचित हो ।

मोटोपन छ भनेर खाना नै खान छाड्नुभन्दा पनि नियन्त्रित रुपमा कम मात्रामा खाने बानीले मोटोपनाको समस्या ल्याउँदैन । खानाबाट शरीरलाई परिपूर्ति हुने क्यालोरीभन्दा शारीरिक गतिविधिद्धारा खर्च हुने क्यालोरीको मात्रा बढी भएमा मोटोपनालाई सजिलै घटाउन सकिन्छ । तपाईमा मोटोपनाको समस्या छ भने खानेकुरा प्रयोगमा विशेष सावधानी भने अपनाउनु पर्छ ।

कस्तो खानाले मोटोपना हुँदैन ?
– हरियो तरकारी,
– सलाद ‘काक्रो, टमाटर, गाजर आदि’
– ताज फलफूल ‘ आँप र केराबाहेक’
–माछा
कस्ता खानेकुरा नियन्त्रण गर्ने ?
– दूध दैनिक २ सय ५० मि।लि मात्रै पिउने,
–घ्यु, तेल,क्रिम दैनिक २ देखि ३ चम्चाभन्दा बढी प्रयोग नगर्ने,
–सुख्खा गहुँको रोटी दैनिक ३ देखि ४ वटा भन्दा बढी नखाने,
–पाउरोटी दैनिक ३,४ पिस भन्दा बढी नखाने,
–भात दैनिक एक कचौरा मात्रै खाने,
–दाल दैनिक एक कचौरा मात्रै खाने,
–आलु मझौला साइजको दैनिक दुईवटा भन्दा बढी नखाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?