मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्याजको फाइदा औषधी भन्दा कम छैन

तपाईंले तरकारीमा प्याज दैनिक प्रयोग गरिरहनुभएको छ ? काँचो पनि खाइरहनुभएको होला तर के तपाईंलाई यसको फाइदाबारे थाहा छ ? प्याजले धेरै रोगबाट पनि बचाउन मदत गर्छ ।

तपाईलाई नियमति प्याजको सेवनले रोगको संक्रमणको खतराबाट बचाउँछ र तपाईको आयु लम्ब्याउन मद्दत गर्छ । कतिपय मानिसमा प्याज खाँदा हाइ हाइ आउँछ र शरिर गन्हउँछ भन्ने भ्रम छ । तर, प्याजको फाइदा औषधी भन्दा कम छैन ।

यस्ता छन् प्याजका फाइदा

– यति तपाईंलाई स्टोनको समस्या छ भने पनि प्याजले केही हदसम्म प्याजको सहज गराउँछ ।

–प्याजले मुटुरोगीलाई फाइदा गर्छ ।

–शरीरको रक्तचापलाई नियमित राख्छ ।

–क्यान्सरबाट बचाउँछ ।

–मधुमेह रोगबाट बचाउँछ ।

– यदि तपाईं धेरे गर्मी भएको ठाउँमा जानु भयो र लू लाग्न थाल्यो भने काँचो प्याज खानुहोस् । प्याजको रस पिउँदा अझ फाइदाजनक हुन्छ ।

– गर्मीमा मात्र होइन, चिसो लागेको भएपनि प्याज खानुस् फाइदा गर्छ ।

– तपाईंको कपाल निरन्तर झरिरह्यो भने प्याजको रस लगाएर धुने गर्नुहोस् समस्या विस्तारै घट्दै जान्छ । कपाल पनि चमकदार हुन्छ ।

– प्याजले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ ।

तपाईंले कुनै रोगेको औषधि सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह अनुसार मात्र प्याजको सेवन गर्नुहोला । अर्को कुरा प्याजको रसले कपाल झर्न रोक्छ । कतिपयलाई प्याजको रसले एलर्जी पनि हुन सक्दछ र समस्या झनै बढ्दछ । त्यसैले यी सबै कुरालाई ध्यानमा राखेर मात्र कुनै पनि चिजको प्रयोग गर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?