मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मालवेयर भनेको के हो, यसबाट कसरी सुरक्षित हुने ?

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर, फेक र हिडन एड्स ट्रोजनबाट संक्रमित रहेको उल्लेख गरेको छ ।

त्यस्ता एपहरू २० लाख बढी पटक डाउनलोड गरिएको छ । यी एपहरू इन्स्टल गरेपछि एपहरूले आफ्ना आईकन ट्रान्सप्यारेन्ट तस्वीरमा बदल्ने, एप नाम खाली छोड्ने र क्रोम जस्तो मोबाइल ब्राउजर भएको बहाना गर्ने डक्टर वेबले बताएको छ ।

रिपोर्ट प्रकाशित भएपछि गूगल प्ले स्टोरले मालवेयर भएका एपहरू हटाइसकेको छ । तर धेरैको मोबाइलमा अझै ती एपहरू रहेका छन् । यदी तपाईले पनि मालवयेर भएका एपहरू इन्स्टल गर्नुभएको छ भने तुरून्तै डिलिट गर्नुहोला ।

पछिल्ला केही समयहरुमा कुनै पनि डिभाइस मालवेयर र भाइरसको जोखिमबाट मुक्त छैनन् । यसको आकम्रण दिन प्रतिदिन बढ्दै गइरहेको छ । विशेषगरी एन्ड्रोइड फोन मालवेयरबाट धेरै संक्रमित हुने गरेको छ ।

एन्ड्रोइड फोनमा विभिन्न थर्ड पार्टी वेबसाइट, एप, फिशिङ ईमेल तथा मेसेजहरूबाट मालवेयर इन्स्टल हुने गर्छन् । कहिलेकाहीँ त आफू सावधान हुँदाहुँदै पनि फोन संक्रमित हु्नसक्छ । यस्तोमा आफ्नो एन्ड्रोइड फोनलाई विभिन्न प्रकारका मालवेयर तथा भाइरसबाट कसरी जोगाउने त ? थाहा पाउनुस ।

१. समय- समयमा एपहरू क्रयास हुनु 

फोनमा भएका बग अथवा अन्य विभिन्न कारणले कहिलेकाहीँ एपहरू क्रयास हुनु अर्थात् प्रयोग गर्दागर्दै अड्किनु वा ओपन गरेपछि नचल्नु सामान्य कुरा हो । तर यदि तपाईँको डिभाइसमा यो समस्या बारम्बार आइरहेको छ भने तपाईँ सचेत हुनुपर्छ । विभिन्न मालवेयरको कारण डिभाइसमा एप नचल्ने, ह्याङ हुने समस्या आउछ ।

२. डेटाको खपत बढ्नु 

सामान्यतया हामीले मोबाइलमा डेटा प्रयोग गर्दा कति प्रयोग गर्यौ भन्ने कुराको ख्याल गरिरहेका हुदैनौं । तर यदि तपाईँको मोबाइले डेटाको खपत अस्वाभाविक रुपमा गरिरहेको  छ । सामान्य समय भन्दा धेरै डेटा खपत भइरहेको छ भने तपाईँको डिभाइसमा मालवेयर छ भन्ने संकेत हो । 

३. अनावश्यक मेसेज 

यदि तपाईँ अनावश्यक रुपमा नचिनिने नम्बरबाट विभिन्न प्रकारका बुझ्न नसकिने मेसेज, कुनै लट्री भनेर आउने मेसेज, कुनै लिंक क्लिक गर्नका लागि आग्रह गरिएको मेसेज अथवा असामान्य प्रकृतिको मेसेज प्राप्त गरिरहनु भएको छ भने तपाईँको फोन मालवेयरबाट संक्रमित भएको हुन सक्छ। 

४. ब्याट्रीको खपत बढ्नु 

यदि तपाईँको मोबाइलको ब्याट्री खपत अनावश्यक रूपमा बढिरहेको छ भने तपाईँको मोबाइलमा मालवेयर इन्स्टल भएको हुनसक्छ । अन्य विविध कारणले पनि ब्याट्रीको खपत बढ्नसक्छ । तर मोबाइलमा अन्य समस्या नभएको अवस्थामा पनि ब्याट्री चाँडो सकिने समस्या भइरहेको छ भने यो मालवेयरको संकेत हो । 

५. फोन तात्तिने समस्या 

आफूले सामान्य एप प्रयोग गर्दा पनि फोन छिट्टै तात्तिने समस्या हुन्छ । यो पनि मालवेयरको एक संकेत हो । 

६. अनावश्यक विज्ञापनहरू आउनु

यदि तपाईँले आफ्नो फोनमा विभिन्न एप वा ब्राउजर प्रयोग गरिरहँदा अचानक अनावश्यक विज्ञापन आउँछ भने यो मालवेयरको कारण हुनसक्छ । विज्ञापनले गर्दा चलिरहेको एप नै बन्द हुने लगायतका संकेतहरू मालवेयरको संकेत हो । 

७. गुगलबाट स्वत: साइन आउट हुनु 

गुगलले प्रयोगकर्ताको सुरक्षाको लागि स्वत: साइन आउट गर्ने फिचर ल्याएको छ । कतिपय अवस्थामा गुगलले प्रयोगकर्ताको डिभाइसमा मालवेयर डिटेक्ट गर्‍यो भने डिभाइसबाट उक्त ईमेल साइट आउट गर्छ । 

८. अपरिचित एप देखिनु 

डिभाइसमा कहिले काही आफूले इन्स्टल नै नगरेको विभिन्न एप प्रयोगमा देखिन्छ भने तपाईँको मोबाइल संक्रमित छ भनेर बुझ्नुपर्छ । साइबर अपराधीले तपाईँको डिभाइसमा आक्रमण गरेर मालवेयर इन्स्टल गर्न टाढैबाट पनि एप इन्स्टल गर्नसक्छ । यदि तपाईँले प्रयोग नगरेको र इन्स्टल गरेको याद नभएको एप डिभाइसमा देख्नुहुन्छ भने त्यो मालवेयर हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?